images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • धरहराको सुरक्षा सेवाका लागि टेन्डर आह्वान,...

धरहराको सुरक्षा सेवाका लागि टेन्डर आह्वान, हार्ड कपी मात्र स्वीकार गरिने

धरहराको सुरक्षा सेवाका लागि टेन्डर आह्वान, हार्ड कपी मात्र स्वीकार गरिने

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले धरहराको सुरक्षा सेवाका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको छ ।एकाइले बिहीबार एक सूचना प्रकाशित गर्दै योग्य बोलपत्रदाताहरूबाट राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत दरखास्त माग गरेको हो ।सूचना अनुसार धरहराको सुरक्षा सेवा कार्यको अनुमानित लागत (भ्याट र कन्टिन्जेन्सी बाहेक) ४४ लाख ११ हजार ५ सय ७१.९२ रुपैयाँ तोकिएको छ । यसका लागि बोलपत्रदाताले जमानत  बापत १ लाख १० हजार रुपैयाँ  राख्नुपर्नेछ ।

    images
    images

    इच्छुक कम्पनी वा फर्मले असोज २१ गते साँझ ५ः०० बजेभित्र बोलपत्र पेस गरिसक्नुपर्नेछ । दर्ता भएका बोलपत्रहरू भोलिपल्ट असोज २२ गते दिउँसो १ः०० बजे खोलिने सूचनामा उल्लेख छ । यस प्रक्रियामा अनलाइन नभई हार्ड कपी मात्र स्वीकार गरिने एकाइले प्रस्ट पारेको छ ।

    image

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend