images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • तनहुँ जलविद्युत् निर्माण कार्यका कारण क्षति...

तनहुँ जलविद्युत् निर्माण कार्यका कारण क्षति पुगेका ९७ परिवारलाई रकम वितरण

तनहुँ जलविद्युत् निर्माण कार्यका कारण क्षति पुगेका ९७ परिवारलाई रकम वितरण

images
images
शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ ।

    images
    images

    प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण गरिरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

    मुआब्जा निर्धारण समितिबाट निर्माण कार्यका कारण क्षति पुगेका ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ घरपरिवारका घर तथा संरचनाको क्षतिपूर्ति निर्धारण गरेपश्चात् ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण भइ सकेको भण्डारीले बताए ।

    images
    images

    भण्डारीका अनुसार क्षति भएका घरको अनुगमन पश्चात् अधिकतम तीन लाख र न्यूनतम दश हजार क्षतिपूर्ति तोकिएको छ ।

    उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरे बापतको क्षतिपूर्ति रकम वितरण भइरहेको छ ।’ संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयवासी बाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इन्जिनियर, आयोजनाका इन्जिनियर लगायत सदस्य थिए ।

    आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना निर्माणको काम भइरहेको छ । यस प्याकेज अन्तर्गतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । हाल सम्म यो प्याकेजको प्रगति ३५ दशमलव ८ प्रतिशत रहेको भण्डारीको भनाइ छ ।

    यो प्याकेज अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सुरू गर्न पूर्वतयारीका कार्य भइरहेका छन् । भण्डारीका अनुसार बाँधको जग निर्माण स्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान कार्य सम्पन्न गरिएको छ । भण्डारीले भने, ‘बाँध निर्माण स्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिट र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङ लगायत काम जारी छ ।’

    सेती नदीको दायाँ र बायाँ किनार तर्फ ग्राउटिङ ग्याली सुरूङ निर्माणका लागि खन्ने कार्य सुरू गरिएको छ भने सेती नदीको दायाँ किनार तर्फको इलिभेसन तह तीन सय ७५ मिटरमा ग्राउटिङ ग्यालरी सुरूङ निर्माणका लागि खन्ने र त्यसका आवश्यक सहयोगका लागि रकबोल्ट, सटक्रिट कार्य सहित यस अवधिमा दुई मिटर काम सम्पन्न गरिएको भण्डारीले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend