images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बागमती प्रदेश सरकारको खर्च निराशाजनक, १२...

बागमती प्रदेश सरकारको खर्च निराशाजनक, १२ प्रतिशत सिमित

बागमती प्रदेश सरकारको खर्च निराशाजनक, १२ प्रतिशत सिमित

images
images
शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • बागमतीः चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ ।

    images
    images

    प्रदेश सरकारले चालु आव २०८१।८२ को साउन देखि मङ्सिर सम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । 

    प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१।८२ को पाँच महिनाको अवधिमा कूल बजेटको ११ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ ।

    images
    images

    चालु आवका लागि प्रदेश सरकारले रू ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा पाँच महिनामा रू सात अर्ब ३७ करोड १९ लाख २५ हजार बजेट खर्च भएको उनले बताए। बजेट मध्ये चालुको तुलनामा पुँजीगत तर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।

    विनियोजित बजेट मध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६ दशमलव २२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले दुई दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । 

    आवको पहिलो चौमासिक सम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र कात्तिक देखि मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend