images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बुध्द एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर...

बुध्द एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौं डाइभर्ट

बुध्द एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौं डाइभर्ट

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । बुध्द एयरको सोमबार काठमाडौंबाट भद्रपुर जाँदै गरेको उडान नम्बर ९५३ को कल साईन ९एन एजेएस को दायाँ इञ्जिनमा प्राविधिक समस्या देखिएको छ ।

    images
    images

    जहामा प्राविधिक समस्या देखिएपछि सवा ११ बजे काठमाडौं डाईभर्ट गरिएको छ । उक्त जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएको बुद्ध एयरले जानकारी दिएको छ ।

    यो वायुसेवाका अनुसार उक्त जहाजलाई प्राविधिक टोलीले थप चेकजाँच गरिरहेका छन् । उक्त जहाजका त्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाएको पनि बुद्ध एयरले जानकारी दिएको छ ।

    images
    images

    बुध्द एयरको उक्त जहाजले १०ः३८ मा आकस्मिक अवतरण मागेको थियो । सोही कारण अरु जहाजलाई आकासमा केही समय होल्ड गराएर सो अकस्मिक अवरण मागेको जहाजलाई अवतरणमा प्राथमिकता दिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    विमानस्थल कार्यालयका अनुसार आकस्मिक अवतरण मागेकोकै कारण अरु विमान केही समय आकासमै होल्ड गराउनु परेको र उक्त जहाज अवतरण गरेपछि अरुको उडान समान्य अवस्थामा आएको पनि उल्लेख छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend