images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • पशुपति क्षेत्र विकास कोषको मुल गेटमा...

पशुपति क्षेत्र विकास कोषको मुल गेटमा तालाबन्दी

पशुपति क्षेत्र विकास कोषको मुल गेटमा तालाबन्दी

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं । श्रम अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै पशुपति क्षेत्र विकास कोषको मूल गेटमा तालाबन्दी गरिएको छ । कोषमा कार्यरत करार श्रमिकहरुले बुधबार मूल गेटका ताला लगाएर धर्ना सुरु गरेका हुन् । 

    images
    images

    कोष यसअघि आफूमार्फत् नै काम लगाउँदै आएका श्रमिकलाई आउटसोर्समार्फत् काम लगाउन थालेपछि श्रमिकहरु श्रम अदालत गएका थिए ।

     गत पुस ५ गते श्रमिकले श्रम अदालत भक्तपुरले आफूहरूलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । पुस १८ गते उक्त आदेशलाई निरन्तरता दिए पनि काम गर्न नदिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् । 

    images
    images

    यसअघि उनीहरुले श्रम अदालतको आदेशको प्रतिलिपी सहित आफूहरूलाई हाजिर गराउन कोषलाई पत्र दिएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend