images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • पानीलाई अमृत वर्षाको सङ्ज्ञा दिँदै रसुवाका...

पानीलाई अमृत वर्षाको सङ्ज्ञा दिँदै रसुवाका किसान हर्षित

पानीलाई अमृत वर्षाको सङ्ज्ञा दिँदै रसुवाका किसान हर्षित

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • रसुवा । यस वर्षको हिउँदमा वर्षा नभएपछि चिन्तित हिमाली जिल्ला रसुवाका किसान अहिले खुसी देखिएका छन् । गत असोज १२ गतेपछि करिब पाँच महिना वर्षा नहुँदा आलु, गहुँलगायतका बालीनाली ओइलिएर सखाप भएको अवस्थामा परेको पानीका कारण स्थानीय कृषक खुसी भएका हुन् ।

    images
    images

    यार्सा दोक्लाङका किसान रामकाजी तामाङ जमिनमा चिसोपनको अभावले ओइलाउन थालेका बारीका गहुँका बोट यही मङ्गलबारको वर्षासँगै जागाराम हुन थालेकामा हर्षित देखिन्छन् । उनले भने, “खेतीपाती गरी जीविका चलाइरहको जिल्लाका म जस्तै किसान अहिलेको वर्षापछि खुसी छौँ, ढिलै भए पनि धन्न पानी प¥यो, बालीनालीेले जीवन पाए, धेरैथोरै उब्जाउ होला नै, अब भने बाँच्ने भइयो ।”

    वर्षाका कारण हिउँदे बालीको जरामा चिसोपन बस्नाका साथै आलु रोप्न पाइने भएको छ । उत्तरी रसुवामा वर्षे आलु र मकै तथा दक्षिणी भेकको प्रमुख बाली मकै लगाउने समय नजिकिँदै गर्दा आएको वर्षालाई आफूहरूले अमृतका रुपमा लिएको स्थानीय किसानको भनाइ छ ।यसैगरी, जमिनमा चिसोपन बढेपछि चौपायाको चरण क्षेत्रमा हरियाली छाउने तथा वनजङ्गलमा लागेको डढेलोका कारण त्राहीमाम बनेको जनजीवनलाई राहत पुग्ने भएकाले स्थानीय किसानसहित जिल्लावासीमा उत्साह छाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् ।

    images
    images

    जिल्लाको लेकदेखि बेंसीसम्म पूरै भागमा पानी परेको र विशेषगरी गाउँले किसान खुसी भएको भन्ने जानकारी मातहतका कार्यालयहरुबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार हिउँदको अन्त्यतिर भएको यो वर्षासँगै उच्च भागमा हिमपात भई जिल्लाको गोसाइँकुण्ड, लाङटाङ, नाकथली, गतलाङलगायतका क्षेत्रमा अहिले हिउँ परिरहेको छ ।

    गोसाइँकुण्ड धार्मिकमार्गअन्तर्गत ढिम्सादेखि माथि चन्दनबारी चोलाङपाटी, लौरीविनायक, गणेशगौँडालगायतका स्थानमा हिउँ परेका कारण साहसिक पदयात्रामा जाने यात्रुलाई थप रोमाञ्चित बनाउने र हिउँमा खेली आनन्दित बनाउने स्थानीय होटल व्यवसायीले जनाएका छन् । यस किसिमको अवसरको सदुपयोग गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन सम्बद्ध पक्षसँग पर्यटन व्यवसायीले अनुरोध गरेका छन् ।

    गत वर्ष पनि फागुनको पहिलो साता यसै समयमा हिउँ परेको जानकारी दिँदै वातावरण तथा प्रकृति संरक्षणसँग सम्बन्धित सङ्घसंस्थाहरूले हिउँदको अन्त्यतिर वर्षा हुँदाको प्रभाव कृषि व्यवसायका अतिरिक्त हाम्रो हिमालमा प्रत्यक्ष परेको भनी चिन्ता व्यक्त गरेका छन् । वातावरण परिवर्तनको प्रभावका कारण जिल्लाको उत्तरतर्फ अवस्थित हाम्रा हिमालका हिमरेखा बर्सेनि माथितिर सर्दै गइरहेकामा चिन्ता र चासो व्यक्त गरिएको हो । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend