images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सन्तोषजनक काम नगर्ने ११ निर्माण कम्पनीलाई...

सन्तोषजनक काम नगर्ने ११ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण (हेर्नुहोस् सूचना)

सन्तोषजनक काम नगर्ने ११ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण (हेर्नुहोस् सूचना)

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगरेको भन्दै ११ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधिएको छ। अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो।

    images
    images

    यसअघि ३० दिनको स्पष्टीकरण सोधिएको उल्लेख गर्दै कार्यालयले निर्माण व्यवसायीहरुलाई सूचना जारी भएको एक हप्ताभित्र लिखित स्पष्टीकरण नआए कारबाही गर्ने चेतावनी दिएको छ ।

    जसमा जनकपुरका शिव कुमार महतोको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्रको एसडी कन्स्ट्रक्सन, राधेश्याम झाको शिवम् कन्स्ट्रक्सन रहेका छन्। यस्तै कार्लमाक्स श्रेष्ठको राजिता निर्माण सेवा सुर्खेत, सोना उल्लाह खाँको विपिन कन्स्ट्रक्सन पाल्पा, भिम तामाङको ए एण्ड डी कन्स्ट्रक्सन, गोपाल प्रसाद घिमिरेको सूर्यविनायक कन्स्ट्रक्सन दाङलाई समेत स्पष्टीकरण सोधिएको छ ।

    images
    images

    कार्यालयले श्याम कुमार श्रेष्ठको बीटी-जयबाबा जेभी काठमाडौं, तिलकबहादुर मल्लको आकांक्षा कन्स्ट्रक्सन काठमाडौं र बिना बीसीको यज्ञश्वरी निर्माण सेवा बाँकेलाई पनि स्पष्टीकरण दिन भनेको छ ।

    हेर्नुहोस् सूचना

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend