images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • आजदेखि उपत्यकाका यी क्षेत्रमा दैनिक पाँच...

आजदेखि उपत्यकाका यी क्षेत्रमा दैनिक पाँच घण्टा बिजुली काटिँदै

आजदेखि उपत्यकाका यी क्षेत्रमा दैनिक पाँच घण्टा बिजुली काटिँदै

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं ।आज (बिहीबारदेखि) देखि फागुन १७ गतेसम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बिहीबारदेखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।

    images
    images

    प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ । १५ र १६ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र १७ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend