images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • गर्मीमा फोनको ब्याट्री छिट्टै तात्ने समस्याबाट...

गर्मीमा फोनको ब्याट्री छिट्टै तात्ने समस्याबाट बच्न अपनाउनुहोस् यी ५ उपाय

गर्मीमा फोनको ब्याट्री छिट्टै तात्ने समस्याबाट बच्न अपनाउनुहोस् यी ५ उपाय

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • गर्मीको मौसममा अधिकांश मानिसहरूले स्मार्टफोनको ब्याट्री छिट्टै तात्ने समस्याको सामना गर्नुपर्छ । धेरै स्मार्टफोनहरूमा यो समस्या देखिन्छ ।

    images
    images

    गर्मीको समयमा स्मार्टफोनको ब्याट्री तात्ने खतरा बढ्छ । यस्तो अवस्थामा, केही सरल उपायहरू अपनाएर ब्याट्रीलाई तात्नबाट जोगाउन सकिन्छ । साथै, यसले ब्याट्रीको आयु र कार्यक्षमता पनि सुधार गर्न मद्दत गर्छ ।

    १. लोकेसन सेवा बन्द गर्नुहोस्

    images
    images

    यदि तपाईँ लोकेसन सेवा प्रयोग गरिरहनु भएको छैन भने, यसलाई बन्द गर्नुहोस् ।  यसले ब्याट्रीको खपत घटाउन मद्दत गर्छ, साथै, ब्याट्रीमा आउने अतिरिक्त लोड कम गराएर तात्नबाट जोगाउँछ ।

    २. ब्लुटुथ र वाईफाई बन्द गर्नुहोस्

    यदि तपाईँ ब्लुटुथ र वाईफाई प्रयोग गरिरहनु भएको छैन भने, तुरुन्तै बन्द गर्नुहोस् । एप्पल प्रयोगकर्ताहरूले एयरड्रप पनि बन्द गर्नुपर्छ ।

    ३. स्क्रीनको ब्राइटनेस कम गर्नुहोस्

    यदि फोनको स्क्रीन ब्राइटनेस धेरै उच्च छ भने, यसले ब्याट्री धेरै ऊर्जा खपत गर्न सक्छ, जसले गर्दा ब्याट्री छिट्टै तात्न सक्छ । यस्तो अवस्थामा, अटो–ब्राइटनेस फिचर प्रयोग गर्नुहोस् ताकि फोनको ब्याट्रीलाई अनावश्यक तात्नबाट बचाउन सकियोस् ।

    ४. ओरिजिनल चार्जर मात्र प्रयोग गर्नुहोस्

    यदि तपाईं स्मार्टफोन नकली चार्जरबाट चार्ज गर्नुहुन्छ भने, यसले ब्याट्री छिट्टै तात्न सक्छ। त्यसैले, फोन चार्ज गर्दा जहिल्यै कम्पनीको ओरिजिनल चार्जर मात्र प्रयोग गर्नुहोस्।

    ५. चार्ज गर्ने सही तरिका अपनाउनुहोस्

    फोनको ब्याट्रीलाई १०० प्रतिशत चार्ज गर्नबाट जोगिनुहोस् । स्मार्टफोनलाई ८० प्रतिशत सम्म मात्र चार्ज गर्नु उपयुक्त मानिन्छ । यसले ब्याट्रीको तापक्रम नियन्त्रणमा राख्न सहयोग गर्छ र फोनको कार्यक्षमता पनि राम्रो हुन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend