images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तलब नपाएको विरोधमा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तलब नपाएको विरोधमा सरसफाइकर्मीको आन्दोलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तलब नपाएको विरोधमा सरसफाइकर्मीको आन्दोलन

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइकर्मी कर्मचारीहरू तलब नपाएको विरोधमा आन्दोलनमा उत्रिएका छन् ।सरसफाइकर्मी कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि अहिले विमानस्थलको (डोमेष्टिक) आन्तरिकतर्फ सरसफाइ नहुँदा फोहरको थुप्रो जम्मा भएको छ । 

    images
    images

    तलब माग गर्दै विगत दश दिनदेखि आन्दोलनमा उत्रिएका सरसफाइकर्मी कर्मचारीहरूले आन्तरिकतर्फको कुनै पनि फोहर नउठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।सरसफाइकर्मी कर्मचारीले फोहर नउठाउँदा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको क्षेत्रमा निकै दुर्गन्धित फैलिएको विमानस्थलमा भेटिनु भएका यात्रु हरिस क्षेत्रीले गुनासो गरे । उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ जता ततै फोहरको थुप्रो छ । कर्मचारी कालो ब्यानर टाँगेर आन्दोलनमा छन् । फोहरको गन्धले विमानस्थल वरपर बसी सक्नु छैन । काम गरेको पैसा त दिनु पर्छ नि ?”

    उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सरसफाइकर्मी कर्मचारीहरूको तलबका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण स्थित सञ्चालक समितिमा पत्राचार भए पनि समितिले निकासा नदिएका कारण उनीहरूको तलब दिन नसकिएको बताए । उनले भने, “तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । समितिले तलब निकासाका लागि निर्णय सहितको पत्र नदिएका कारण कार्यालयले तलब दिन नसकेको हो । सरसफाइकर्मी कर्मचारीले विमानस्थलको फोहर उठाउने कार्य पुरै ठप्प पारेका छन् ।”

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend