काठमाडौंः ३ असार, प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको यस शेयरको खरीदका लागि इच्छुक लगानीकर्ताले न्यूनतम १,००० कित्ता अर्थात् १ लाख रुपैयाँ बराबरको आवेदन दिनुपर्नेछ।
शेयर खरीदमा रुचि राख्नेले सम्पूर्ण कित्ता पनि आवेदन दिन सक्ने व्यवस्था छ। आवेदन फाराम नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
बोलपत्र मार्फत आवेदन दिने प्रक्रिया आजदेखि (असार ४ गते) खुला भएको छ भने अन्तिम म्याद असार १० गते तोकिएको छ।




.gif)





