काठमाडौंः असार ५, ग्लोबल आइएमई बैंकको नाम र लोगो दुरुपयोग गरी केही व्यक्तिहरूले अनलाइन मार्फत ग्राहकहरूलाई ठगी गर्न खोजेको खुलासा भएको छ। बैंकले एक सूचना जारी गर्दै आफूलाई बैंकका प्रतिनिधि भन्दै फोन, इमेल वा अन्य अनधिकृत माध्यमबाट सम्पर्क गरी पासवर्ड जस्ता गोप्य विवरण माग्ने गतिविधि भइरहेको जनाउँदै यसप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

बैंकका अनुसार यस्ता ठगी प्रयासहरूमा प्रयोग भएका केही फोन नम्बर र इमेल ठेगानाहरू पहिचान गरिएको छ र तिनको विवरण समेत सार्वजनिक गरिएको छ।
बैंकले ग्राहकहरूलाई बैंकको आधिकारिक माध्यम बाहेक अन्य स्रोतबाट आएको अनुरोधमा प्रतिक्रिया नदिन र कुनै पनि गोप्य विवरण साझा नगर्न स्पष्ट रूपमा सचेत गराएको छ।
साथै, यस्ता शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको शाखा वा बैंकको आधिकारिक सम्पर्क मार्फत जानकारी दिन अनुरोध गरिएको छ।




.gif)





