images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकको नाफा बढ्यो, सेयरधनीलाई लाभांश...

सिद्धार्थ बैंकको नाफा बढ्यो, सेयरधनीलाई लाभांश १३ प्रतिशत

सिद्धार्थ बैंकको नाफा बढ्यो, सेयरधनीलाई लाभांश १३ प्रतिशत

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  •  काठमाडौं । सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा आएको सुधारले नाफा बढाएको छ । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा गत अर्थिक वर्ष यो बढेर ८ अर्ब ४३ करोड पुगेको छ ।

    images
    images

    नोक्सानी व्यवस्थापनवापत छुट्याइएको रकम सामान्य बढेको छ । यस्तो रकम पहिले १ अर्ब ५ करोड रुपैयाँ रहेकोमा गत असार मसान्तसम्म १ अर्ब ३१ करोड रुपैयाँ छ ।बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले २१ रुपैयाँ ८६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले २४ रुपैयाँ १० पैसा छ । बैंकको वितरणयो नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । प्रतिसेयर १३ रुपैयाँ २२ पैसा वितरणयोग्य नाफा हो ।

    बैंकको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा छ । बैंकको चुक्ता पूँजी १४ अर्ब रुपैयाँ छ । हाल सेयर मूल्य प्रतिकित्ता ३७१ रुपैयाँ छ ।बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश पहिले २.१७ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म २.६२ प्रतिशत छ । बैंकको आधार दर घट्दो क्रममा छ । अघिल्लो वर्ष ८.११ प्रतिशत रहेकोमा अहिले यो ६.४२ प्रतिशतमा झरेको छ । इक्वीटीमा वार्षिक प्रतिफल ११.५० प्रतिशत छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend