images

२०८३ आश्विन २ गते

images
images
images

एनएमबि बैंकको नाफा ४६ प्रतिशतले बढ्यो

एनएमबि बैंकको नाफा ४६ प्रतिशतले बढ्यो

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं । एनएमबि बैंकले ३ अर्ब २८ करोड नाफा कमाएको छ । आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.२२ बढाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।यो अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको छ । बैंकले सो शीर्षकमा ८ अर्ब २ करोड रुपैयाँ कमाएको छ । गत वर्ष ब्याज आम्दानीबापत ७ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images

    त्यस्तै, बैंकले कमिशन तथा शुल्कतर्फको २ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको छ, गत वर्ष यो शीर्षकमा १ अर्ब ७९ रुपैयाँ कमाएको थियो । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्जमा ९५ करोड छुट्याएको छ, गत वर्ष यो शीर्षकमा २ अर्ब ३ करोड रुपैयाँ छुट्याइएको थियो ।१८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। यस अनुसार बैंकको नेटवर्थ १८०.६८ पैसा रहेको छ।

    असार मसान्तसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसमध्ये वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा प्रतिशेयर १०.४१ पैसा रहेको देखिएको छ ।हाल बैंकको पुँजीकोष अनुपात १२.०३ प्रतिशत, निष्क्रिय कर्जा ३.७२ प्रतिशत, बेसरेट ६.२२ प्रतिशत र ब्याजको स्प्रेडदर ३.८२ प्रतिशत रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend