images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • कोशी प्रदेशमा ४८७ सहकारी संस्था निष्क्रिय,...

कोशी प्रदेशमा ४८७ सहकारी संस्था निष्क्रिय, झापामा सबैभन्दा धेरै १३१

कोशी प्रदेशमा ४८७ सहकारी संस्था निष्क्रिय, झापामा सबैभन्दा धेरै १३१

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । कोशी प्रदेशमा कार्यालयको नियमन क्षेत्राधिकार भित्र पर्ने ४८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् । यीमध्ये झापा जिल्लामा सबैभन्दा धेरै १३१ सहकारी संस्था निष्क्रिय भएका छन् भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, उदयपुर र तेह्रथुममा २६–२६ रहेका छन् ।

    images
    images

    त्यसैगरी, सोलुखुम्बुमा १२, ओखलढुङ्गामा २१, खोटाङमा १७, सङ्खुवासभामा १३, भोजपुर र धनकुटामा १७–१७, ताप्लेजुङमा १० र पाँचथरमा २१ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् ।

    प्रदेश सहकारी ऐन, २०७६ र सहकारी सङ्घसंस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड २०७८ अनुसार, कार्यालयले निष्क्रिय सहकारी संस्थाको तथ्याङ्क सार्वजनिक गरेको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भूपेन्द्र खनालका अनुसार, लगातार दुई वर्षसम्म आवश्यक विवरण नबुझाउने सहकारीलाई दफा ६० ९१० बमोजिम निष्क्रिय सूचीमा राखिएको हो ।

    images
    images

    खनालले भने, “सूची सार्वजनिक भए देखि ३५ दिनभित्र नियामक निकायमा आवश्यक विवरण बुझाउन सहकारीहरूलाई सूचना दिइएको छ । कतिपय सहकारी संस्थाहरू सम्पर्कमा पनि आएका छन् ।” सहकारी संस्थाहरूको सम्पत्ति र दायित्व नभएको भए खारेजी प्रक्रिया अघि बढाइने कार्यालयका अनुगमन शाखा अधिकृत नगेन्द्र पराजुलीले जानकारी दिएका छन् ।

    कोशी प्रदेशभरि हाल १,०७५ सहकारी संस्था दर्ता छन् भने निष्क्रिय सूचीमा पर्ने संस्थाहरूलाई प्रक्रिया पुरा गरी खारेज गर्ने अभियान सुरु गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend