काठमाडौँ । असोज ३१, ग्लोबल आइएमई बैंक लिमिटेडले कात्तिक महिनाका लागि निक्षेपमा लाग्ने नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत निक्षेपमा ब्याजदर यथावत राखेको छ भने संस्थागत निक्षेपमा भने ब्याजदर वृद्धि गरेको जनाएको छ।
बैंकका अनुसार, व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरिएको छ, जुन अघिल्लो असोज महिनासँग मिल्दोजुल्दो हो। तर संस्थागत निक्षेपमा ब्याजदर वृद्धि गरी अधिकतम ४.२५ प्रतिशत पुर्याइएको छ। असोज महिनामा यो दर ३.२५ प्रतिशत मात्र थियो।
व्यक्तिगत निक्षेपको ब्याजदर .कात्तिक महिनाका लागिं
३ देखि ६ महिनाः ३.५०%
६ महिना देखि १ वर्षः ३.७५%
१ वर्षदेखि २ वर्षः ४.५०%
२ वर्षदेखि ३ वर्षः ५.५०%
३ वर्ष वा सोभन्दा माथिः ६.००%
संस्थागत निक्षेपको ब्याजदरः
६ महिना देखि १ वर्षः २.७५%
१ वर्षदेखि २ वर्षः ३.००%
३ वर्ष वा सोभन्दा माथिः ४.२५%
बैंकले ब्याजदर समायोजनलाई हालको तरलता स्थिति र बजार प्रतिस्पर्धाको सन्तुलन मिलाउने प्रयासका रूपमा व्याख्या गरेको छ। हाल अधिकांश बैंकहरूले निक्षेप आकर्षित गर्न ब्याजदरमा साना परिवर्तन गरिरहेका छन्।




.gif)





