काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो १९औं साधारणसभाको आह्वान गरेको छ । कात्तिक १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मंसिर १२ गते बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा साधारणसभा आयोजना गर्न लागेको हो ।सभामा बैंकले पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । चुक्ता पुँजीको पाँच प्रतिशत (७३ करोड ८४ लाख ५० हजार रुपैयाँ) बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशतले हुन आउने तीन करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद लाभांश (कर समेत) पारित गर्ने तयारी गरेको छ ।
त्यसैगरी बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्ने सूचनामा उल्लेख छ ।




.gif)



