images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • अधिकांश वाणिज्य बैंकहरुको नाफा खुम्चियो, कसको...

अधिकांश वाणिज्य बैंकहरुको नाफा खुम्चियो, कसको अवस्था कस्तो ?

अधिकांश वाणिज्य बैंकहरुको नाफा खुम्चियो, कसको अवस्था कस्तो ?

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकहरुको नाफा घटेको छ । बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार यस अवधिमा १५ वाणिज्य बैंकको नाफा घटेको छ भने ५ वटाको मात्र बढेको छ । समग्रमा वाणिज्य बैंकहरुको नाफा साढे १८ प्रतिशत बढीले  खुम्चिएको छ ।अधिकांश बैंकहरुको कर्जा असुलीमा सुधार नहुँदा नाफामा घटेको हो । बैंकहरुको ऋण असुली समस्यामा आउँदा र व्यवस्थापकीय खर्च वृद्धि भएको छ । जसले गर्दा अधिकांश बैंकहरुको नाफा खुम्चिएको हो ।

    images
    images

    लामो समयदेखि बैंकहरुमा अधिक तरलताको अवस्था समस्या रहेको छ । बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन् । बैंकहरुको व्यवसाय बढ्न नसक्दा पनि नाफा खुम्चिएको हो। अर्कातर्फ बैंकहरुले निरन्तर ब्याजदर घटाउँदै लगेका छन । ब्याजदर घटेकाले पनि बैंकहरुको आम्दानी खुम्चिन पुगेको हो। साथै कर्जा असुली प्रभावित हुँदा बैंकहरुको खराब कर्जा बढ्न गएको छ । कर्जा नोक्सानी व्यवस्थापन बापतको खर्च बढेकाले पनि नाफा संकुचित भएको बैंकरहरु बताउँछन । आगामी दिनमा अर्थतन्त्र चलायमान हुनुका साथै लगानीको वातावरण सुधारिए बैंकहरुको नाफा पुनः बढ्ने सम्भावना रहेको छ।

    चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। जुन गत आवको यसै अवधिको तुलनामा १८.७८ प्रतिशत कम हो । गत वर्ष सोही अवधिमा बैंकहरुले १६ अर्ब १८ करोड रुपैयाँ मुनाफा कमाएका थिए ।असोज मसान्तसम्मको विवरण अनुसार संचालनमा रहेका २० मध्ये ५ बैंकको मात्र नाफा बढेको छ । सिटिजन्स बैंकको नाफा ऋणात्मक रहदा १४ बैंकको नाफा खुम्चिएको छ ।यस अवधिमा राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट, ग्लोबल, सानिमा र एनआइसी एसिया बैंकको नाफा बढेको छ । सिटिजन्स बैंकको नाफा ऋणात्मक रहदा नबिल, नेपाल इन्भेष्टमेन्ट, स्टान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबिआइ, एनआइसी एशिया, कुमारी, कृषि विकास र प्रभु बैंकको नाफामा गिरावट आएको छ ।

    images
    images

    राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै २९५.०४ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंककको नाफा सबैभन्दा कम ४.६३ प्रतिशतले वृद्धि भएको छ। सबैभन्दा धेरै नाफा गर्नेमा भने ग्लोबल आइएमई बैंक छ । बैंकले १ अर्ब ८५ करोड नाफा गरेको छ। सिटिजन्स बैंकको नाफा २२ करोड ऋणात्मक रहेको छ। सबैभन्दा बढी नाफा कमाउने ग्लोबल आइएमई बैंकले ३ महिनामा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको नबिले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५ बैंकहरुको नाफा एक अर्ब माथि रहेको छ । ग्लोबल आइएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारी बैंकले एक अर्ब बढी नाफा गरेका छन ।

    समीक्षा अवधिमा १४ वाणिज्य बैंकहरुको नाफा घटेको छ । जसमध्ये कृषि विकास बैंकको नाफा सर्वाधिक ९६.९९ प्रतिशत घटेको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशत घटेको छ भने प्रभु बैंककोको ४६.३३ प्रतिशत घटेको छ। सिटिजन्स बैंक इन्टरनेसनल २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । 

    1st Quarter Net Profit Comparison (FY 2082/83 vs 2081/82) (Rs. in 000)

    क्र.सं. बैंकको नाम     2082/83  2081/82 अन्तर %
    1 Global IME Bank      1,858,650       1,512,140           +22.92%
    2 Nabil Bank      1,756,991        2,056,590         −14.57%
    3 Prime Commercial Bank      1,258,430        1,286,787            −2.20%
    4 Everest Bank       1,179,274         1,127,740          +4.57%
    5 Kumari Bank      1,056,531         1,078,177          −2.01%
    6 NMB Bank         915,983         1,145,603       −20.04%
    7 Himalayan Bank      702,894         726,432         −3.24%
    8 Standard Chartered Bank      692,169         862,201         −19.72%
    9 Rastriya Banijya Bank      598,733         151,302       +295.72%
    10 Nepal Bank      588,287        602,198       −2.31%
    11 Prabhu Bank       558,483       1,040,657           −46.33%
    12 Nepal SBI Bank       501,565        814,651          −38.43%
    13 Sanima Bank       454,918         399,530        +13.86%
    14 Machhapuchhre Bank      417,956        503,263        −16.95%
    15 Laxmi Sunrise Bank       332,331        536,359       −38.04%
    16 Siddhartha Bank       324,091        382,084        −15.18%
    17 NIC Asia Bank        122,160        110,526         +10.53%
    18 Nepal Investment Mega Bank        45,050         1,464,075         −96.92%
    19 Agricultural Development Bank          5,738         190,923          −96.99%
    20 Citizens Bank     −220,411       198,220      −211.15% (loss)
    Total     13,149,823      16,189,458      −18.78%

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend