images

२०८३ आश्विन २ गते

images
images
images

सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले घट्यो

सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले घट्यो

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं,२३ गते कार्तिक  ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा १५ प्रतिशत घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ छ ।

    images
    images

    गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३८ करोड २० लाख रुपैयाँ थियो । बैंकको लोन लस प्रोभिजन बढ्दा नाफामा असर परेको हो । यस्तो रकम गत आवमा १ अर्ब रुपैयाँ रहेकोमा अहिले १ अर्ब ३८ करोड छ ।बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । यस्तो आम्दानी गत आवमा २ अर्ब ८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब १६ करोड रुपैयाँ छ । 

    बैंकले निष्क्रिय कर्जामा केही सुधार गरेको छ । गत वर्षको असोज मसान्तसम्म निष्क्रिय कर्जाको अंश ३.९१ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ३.८० प्रतिशत छ ।यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ११.४७ रुपैयाँ छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend