images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकको ‘क्युआर मर्चेन्ट लोन’ योजना,...

सिटिजन्स बैंकको ‘क्युआर मर्चेन्ट लोन’ योजना, कारोबारको २५ प्रतिशतसम्म ऋण प्रदान

सिटिजन्स बैंकको ‘क्युआर मर्चेन्ट लोन’ योजना, कारोबारको २५ प्रतिशतसम्म ऋण प्रदान

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं । सिटिजन्स बैंकले क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘क्यूआर मर्चेन्ट लोन’ योजना ल्याएको छ ।यस अन्तर्गत साना तथा मझौला व्यवसायीहरूलाई क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रुपमा ऋण सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले यो योजनालाई डिजिटल बैंकिङ यात्रामा नयाँ कदम भनेको छ ।

    images
    images

    ‘सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन्’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ‘यसमा व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ ।’बैंकका अनुसार योग्य ग्राहकले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यो ऋण सुविधा अन्तर्गत न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ ।

    ऋण भुक्तानी मासिक किस्ता मार्फत गर्नुपर्नेछ । ‘यो ऋण सुविधा मार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाइ सहयोग पुर्‍याउने लक्ष्य लिइएको छ’ प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले भने । बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त यस बैंकका विभिन्न ६१ जिल्लामा २०० वटा शाखा सञ्चालनमा छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend