images

२०८३ आश्विन २ गते

images
images
images

बागमती प्रदेशमा एक वर्षमा ५४३ नयाँ उद्योग

बागमती प्रदेशमा एक वर्षमा ५४३ नयाँ उद्योग

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • काठमाडौँ । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा औद्योगिक गतिविधि सकारात्मक देखिएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनअनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्मको अवधिमा  ५४३ वटा नयाँ उद्योगहरू दर्ता भएका हुन ।प्रतिवेदन अनुसार उद्योगहरूले कुल ७१ अर्ब ९७ करोड रुपैयाँ बराबरको पुँजी प्रस्ताव गरेका छन् भने २४ हजार ९३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    images
    images

    काठमाडौँमै थुप्रियो उद्योग

    प्रतिवेदनअनुसार बागमती प्रदेशका काठमाडौँ जिल्लामा सर्वाधिक ३४० वटा उद्योग दर्ता भएका छन् । जसले १५ हजार ८५८ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । भक्तपुरमा ८३ र ललितपुरमा ७४ वटा उद्योग दर्ता भएका छन् । मकवानपुरमा १४ वटा उद्योग दर्ता भएका छन् ।बागमती प्रदेशमा अधिकांश उद्योगहरू काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर), चितवन र मकवानपुरमा केन्द्रित रहेको देखिन्छ । प्रदेशमा दर्ता भएका प्रमुख उद्योगहरूमा छालाका जुत्ता, कपडाका सामान, जीवजन्तुको आहार, ऊनको तयारी पोसाक, सुतिको तयारी पोसाक, गलैँचा, पश्मिना, फेल्टका सजावटका सामान, चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधी र सिमेन्ट उद्योगहरू पर्दछन् ।  

    images
    images

    uddhhog bibran

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend