images

२०८३ आश्विन २ गते

images
images
images

मंसिरका लागि ११ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कसको कति?

मंसिरका लागि ११ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कसको कति?

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० मध्ये ११ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटेको हो। नौ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो। कात्तिक र मंसिर दुवै महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत नै छ। तर, कात्तिकमा औंसत ब्याजदर ५.२ प्रतिशत रहेकोमा मंसिरमा यस्तो औंसत ब्याजदर ५.०४ प्रतिशत छ।

    images
    images

    अहिले सबैभन्दा धेरै ब्याज ग्लाबल आइएमइ बैंकबाट पाइने भएको छ। यो बैंकले ६ प्रतिशत दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ४.७ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो। बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दति खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्। केही समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ । 

    हाल बैंकहरूसँग करिब ११ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.७५ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्। हाल यसरी राखिएको रकम आठ खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ। अहिले बैंकहरूसँग ७४ खर्ब ९७ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५६ खर्ब ४३ अर्ब कर्जा लगानी गरेका छन्। 

    images
    images
     

    बैंक

    कात्तिकको लागि ब्याजदर (प्रतिशत)

    मंसिरको लागि ब्याजदर (प्रतिशत)

    कृषि विकास

    ४.९५

    ४.७

    एभरेष्ट

    नेपाल

    ५.२५

    ५.२५

    लक्ष्मी सनसाइज

    माछापुच्छ्रे

    एनआइसी एसिया

    ५.७५

    प्रभु

    ४.९५

    ४.९५

    स्ट्याण्डर्ड चार्टर्ड

    ४.७

    राष्ट्रिय वाणिज्य

    ५.५

    ५.५

    नबिल

    ४.९५

    ४. ७५

    ग्लोबल आइएमई

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

    सिद्धार्थ

    ५.५

    प्राइम कमर्सियल

    ४.७५

    कुमारी

    ५.०१

    ४.९१

    सानिमा

    ५.१५

    हिमालय

    ५.५

    नेपाल एसबिआई

    ४.८

    एनएमबी 

    सिटिजन्स

    ४.७५

    औसत

    ५.२

                                                       ५.०४

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend