images

२०८३ आश्विन २ गते

images
images
images

सिटिजन्स बैंकद्वारा ‘जेनजी सेभिङ अकाउन्ट’ सार्वजनिक

सिटिजन्स बैंकद्वारा ‘जेनजी सेभिङ अकाउन्ट’ सार्वजनिक

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता सिटिजन्स जेनजी सेभिङ अकाउन्ट संचालनमा ल्याएको छ ।मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स जेनजी सेभिङ अकाउन्ट को प्रारम्भ गरेका हुन् । सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

    images
    images

    यस बचत खाताका विशेषताहरुमा न्यूनतम १०० रुपैयाँमा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । साथै, युवाग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ । डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र रु ५०० मा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ, जसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।ग्राहकहरूले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेनजी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउँनुहुनेछ । यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप-अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।

    “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend