images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज...

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • पोखरा। नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्जको थालनी गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक कार्यक्रमबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता अनुरुप काठमाडौं उपत्यकाबाहिर पहिलो पटक लाउञ्ज प्रारम्भ गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

    images
    images

    लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ बजगाईंले भने– ‘ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं । यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहजरुपमा उच्चस्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउने छन् ।’नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ ।नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइट https://www.nabilbank.com/individual/savings-deposits-individual/priority-banking मा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend