images

२०८३ आश्विन २ गते

images
images
images

नबिल बैंकले बोलायो वार्षिक साधारणसभा

नबिल बैंकले बोलायो वार्षिक साधारणसभा

images
images
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौं ।  नबिल बैंकले आफ्नो ४१ औँ वार्षिक साधारणसभा बोलाएको छ।बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। बैंकको सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ः१५ बजेबाट सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२.५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

    images
    images

    सभाले सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको गत आर्थिक वर्षको वित्तीय विवरण पनि स्वीकृत गर्नेछ। सभाले संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ।सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव वा निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस १६ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend