images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर...

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ।यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्। बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन्।

    images
    images

    ग्राहकहरुले कर्जा स्वीकृति अवधिसम्ममा १ पटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भई आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्ने छ। यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन्। यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म तोकिएको छ।यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रूपमा स्वीकार गरिने छैन। 

    ग्राहकहरूले यस सुविधा बैंकको ३१ वटा शाखा कार्यालयबाट सहज रूपमा पाउनेछन्। तसर्थ, कर्जा लिन इच्छुक ग्राहकहरूले अनलाइन आवेदन दिॅंदा आफूलाई पायक पर्ने शाखा कार्यालय छनौट गर्न सक्नेछन्।  यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध छ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend