images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकले २३ औं वार्षिकोत्सवमा ल्यायो...

सिद्धार्थ बैंकले २३ औं वार्षिकोत्सवमा ल्यायो लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

सिद्धार्थ बैंकले २३ औं वार्षिकोत्सवमा ल्यायो लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौं।   सिद्धार्थ बैंकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ (३० दिन) सम्म सञ्चालन रहनेछ जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आवद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।

    images
    images

    दोस्रो वर्षदेखि वार्षिक शूल्क छुट पाउनका लागि ग्राहकहरुले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा ३ पटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको क्रेडिट कार्डको हकमा, जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्रमा कम्तिमा ३ वटा कारोबार गर्दा दोस्रो वर्ष लाग्ने शुल्क छुट हुनेछ ।सिद्धार्थ बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सँगसँगै डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको हो ।यस योजनाको बारेमा थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend