images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० शाखा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० शाखा कार्यालय समायोजन गर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० शाखा कार्यालय समायोजन गर्ने

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना १० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ ।नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ साल वैसाश १ गतेदेखि ती शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभी एकीकृत रूपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।बैंकका अनुसार बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका केही शाखाहरू आपसमा समायोजन गरी कारोबार सञ्चालन गरिनेछ । 

    images
    images

    जसअनुसार बागमती प्रदेशको बागबजार शाखा पुतलीसडक शाखामा, गौशला शाखा बत्तिसपुतली शाखामा, कपुरधारा शाखा ठमेल शाखामा, पाटन शाखा लगनखेल शाखामा तथा कुलेश्वर शाखा कालीमाटी शाखामा गाभिनेछ । यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणगढ शाखालाई वडा नम्बर ३ मा समायोजन गरिने बैंकले जनाएको छ ।मधेश प्रदेशको वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ को शाखा वडा नम्बर १० मा स्थानान्तरण हुनेछ भने कोशी प्रदेशको विराटनगर महानगरपालिका वडा नम्बर ८ को शाखा वडा नम्बर ७ मा गाभिनेछ ।

    गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको बझापाटन शाखा वडा नम्बर १० को अमरसिंह शाखामा समायोजन गरिनेछ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २६ को लेखनाथ शाखा वडा नम्बर २७ स्थित तालचोक शाखामा गाभिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend