images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकको दोस्रो त्रैमाससम्म खुद नाफा...

सिटिजन्स बैंकको दोस्रो त्रैमाससम्म खुद नाफा ३५ करोड रूपैयाँ

सिटिजन्स बैंकको दोस्रो त्रैमाससम्म खुद नाफा ३५ करोड रूपैयाँ

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौं । सिटिजन्स बैंकको नाफा घटेको छ । कर्जा नोक्सानी व्यवस्था बढेपनि खुद ब्याज आम्दानी सामान्य बढेको छ । तर फि एन्ड कमिसन आम्दानी बढ्न नसक्दा बैंकको नाफा घटेको हो ।चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म सिटिजन्स बैंकले ३५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४५.७७ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।बैंकको खुद ब्याज आम्दानी २.२७ प्रतिशत बढेको छ । गत आवको यही अवधिमा ३ अर्ब ७ करोड ४६ लाख रूपैयाँ रहेको बैंकको खुद ब्याज आम्दमनी बढेर ३ अर्ब १४ करोड ४५ लाख रूपैयाँ पुगेको हो । खुद फि तथा कमिसन आम्दानी ३.२४ प्रतिशत घटेर ६२ करोड ३८ लाख रूपैयाँ पुगेको छ ।

    images
    images

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशत बढेर ५ अर्ब ११ करोड ८७ लाख रूपैयाँ पुगेको छ ।यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम १ अर्ब ३८ करोड ५४ लाख रुपैयाँबाट बढेर १ अर्ब ८३ करोड २८ लाख रुपैयाँ पुगेको छ । सोही कारण बैंकको आम्दानी केही बढे पनि सञ्चालन मुनाफा र नाफा बढ्न सकेन । बैंकको सञ्चालन मुनाफा ४४.६८ प्रतिशतले घटेर ५० करोड ४२ लाख रूपैयाँमा झरेको छ ।नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी घटेको छ। चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी ८ रूपैयाँ ९६ पैसा थियो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ ।चालु आर्थिक वर्षको वितरणयोग्य नाफा १ अर्ब १० करोड १३ लाख रूपैयाँ ऋणात्मक छ । बैंकले ब्याज उठाउन नसकेपछि ४५ करोड ९४ लाख नियामकीय जगेडा कोषमा जम्मा गरेको छ । बैंकको सञ्चित नोक्सानी १ अर्ब १० करोड ५ लाख रुपैयाँ रहेको छ ।१५ अर्ब ५० करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड १७ रुपैयाँ छ । गत असार मसान्तमा २ खर्ब ११ अर्ब ५० करोड रूपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तसम्ममा बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप र कर्जा १ खर्ब ६८ अर्ब ८६ करोड रूपैयाँबाट बढेर १ खर्ब ६८ अर्ब २१ अर्ब रुपैयाँमा झरेको छ ।बैंकको निष्क्रिय कर्जा ६.८६ प्रतिशत, प्राथमिक पुँजीकोष अनुपात ८.६९ प्रतिशत र आधार दर ५.६२ प्रतिशत छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend