images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकको ‘महिला समृद्धि’ कर्जा :...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि’ कर्जा : महिला उद्यमीले १५ लाखसम्म बिना धितो ऋण पाउने

सिद्धार्थ बैंकको ‘महिला समृद्धि’ कर्जा : महिला उद्यमीले १५ लाखसम्म बिना धितो ऋण पाउने

images
images
शनिवार, आषाढ २७ २०८३
शनिवार, आषाढ २७ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंक लि ले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (एमएसएमई)हरूको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सञ्चालनमा ल्याएको छ।

    images
    images

    बैंकका अनुसार यस योजनाअन्तर्गत महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित व्यवसायले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।

    महिला उद्यमीको कर्जा मूल्यांकनलाई थप प्रभावकारी बनाउन बैंकले International Finance Corporation को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको जनाएको छ।

    images
    images

    बैंकका अनुसार उक्त प्रणालीले परम्परागत बैंकिङ अभ्यासअनुसार धितोलाई मात्र मुख्य आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षको समग्र मूल्यांकन गर्नेछ।

    यस व्यवस्थाले धितो अभावका कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावना र उद्यमीको क्षमतालाई प्राथमिकतामा राख्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend