images

२०८३ आश्विन २ गते

images
images
images

घरजग्गा कारोबारबाट एक महिनामा करिब १२ अर्बको राजस्व संकलन

घरजग्गा कारोबारबाट एक महिनामा करिब १२ अर्बको राजस्व संकलन

images
images
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • पछिल्लो समय घरजग्गा कारोबारमा सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असार महिनामा घरजग्गाको खरिदबिक्री र राजस्व सङ्कलन दुवै बढेको हो ।

    images
    images

    असारमा देशभरिका मालपोत कार्यालयहरूबाट ७० हजार ४ सय ८० वटा घरजग्गा कारोबार (लिखत पास) भएका छन् । यो संख्या अघिल्लो महिना जेठको तुलनामा १५ हजार ७ सय ५६ वटाले बढी हो । जेठमा ५४ हजार ७ सय २४ वटा घरजग्गा कारोबार भएका थिए । त्यस्तै, गत वर्षको असार महिनाको तुलनामा पनि यसपालि २६.९३ प्रतिशत अर्थात् १४ हजार ९ सय ५६ वटाले कारोबार बढेको छ । घरजग्गा कारोबार बढेसँगै सरकारले उठाउने राजस्वमा पनि वृद्धि भएको छ। असार महिनामा सरकारले कुल ११ अर्ब ८४ करोड ४९ लाख ५५ हजार ५६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जबकि यसको अघिल्लो महिना (जेठमा) कुल ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १ सय १ रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो ।

    सरकारलाई घरजग्गा कारोबारबाट विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ, जसमा सेवा कर, रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकर मुख्य हुन् । विभागका अनुसार असार महिनामा सेवा करबाट ५४ करोड १६ लाख ७६ हजार रुपैयाँ, रजिस्ट्रेसन दस्तुरबाट ७१ करोड ५८ लाख रुपैयाँ र पुँजीगत लाभकरबाट ५१ करोड ६८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend