images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक अवार्ड’बाट...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक अवार्ड’बाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक अवार्ड’बाट सम्मानित

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ ।नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

    images
    images

    बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड प्राप्त भएको जनाएको छ । यसले बैंकिङ सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा दिने बैंकको भनाइ छ । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले उक्त अवार्ड पाउँदा निकै खुसी लागेको बताए । “बैंक फेरि एकपटक प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ, हामीलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु”, उनले भने ।यस अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी थिए । आइसिसी भारतको उद्योग र वाणिज्य क्षेत्रको अग्रणी संस्था हो । भारतका प्रमुख व्यावसायिक समूहहरू आबद्ध रहेको यस संस्थाले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक गतिविधि विस्तार गर्ने उद्योग तथा व्यवसायको प्रतिनिधित्व गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend