images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ कसुरका ६४ प्रतिवादीलाई अदालतको १५...

बैंकिङ कसुरका ६४ प्रतिवादीलाई अदालतको १५ दिने म्याद

बैंकिङ कसुरका ६४ प्रतिवादीलाई अदालतको १५ दिने म्याद

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । काठमाडौं जिल्ला अदालत र ललितपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत दर्ता भएका विभिन्न मुद्दामा ६४ जना प्रतिवादीका नाममा १५ दिने सार्वजनिक म्याद जारी गरेका छन्। अदालतले तोकिएको अवधिभित्र उपस्थित भएर बयान दिन र आफ्नो पक्षमा प्रमाण पेस गर्न निर्देशन दिएको छ।

    images
    images

    काठमाडौं जिल्ला अदालतबाट पहिलो पटक म्याद जारी

    काठमाडौं जिल्ला अदालतले ४१ वटा बैंकिङ कसुर मुद्दामा पहिलो पटक सार्वजनिक सूचना जारी गरेको हो। सूचनामा उल्लेख गरिएका प्रतिवादीहरूमा रवि बहादुर खड्का, लक्ष्मण अर्याल, विनोदराज मुडभरी, डण्डबहादुर श्रेष्ठ, भोजराज भुसाल, विनय चौधरी, रवि श्रेष्ठ, पूर्णोत्तमबहादुर थापा क्षेत्री, सुदीप प्रधान, राजनराज शर्मा क्षेत्री, आयुष श्रेष्ठ, हरिश्चन्द्र शर्मा हुमागाई, कर्णबहादुर राउत, मञ्जु राना मगर, मण्डल खड्का, अनिल ढकाल, धनबहादुर तामाङ, सोभ श्रेष्ठ, अश्विनी श्रेष्ठ रहेका छन्। पेसलकुमार दाहाल, गोम तामाङ, मिलन गाहा, दीपक खड्का, राजकुमार खड्का, दयाराम लामिछाने, गङ्गाराम बुढाथोकी, महेश पोखरेल, स्वाज जोशी, रिजन विष्ट, दीपेन्द्रलाल श्रेष्ठ, श्यामकुमार ढकाल, गजेन्द्र बस्नेत, अञ्जु भुजु पुरी, मदन (देव दुलाल), सुजितकुमार झा, विशालबहादुर गुरुङ, बाबु लामा, सुरज लामा, ओमबहादुर कार्की, ललितबहादुर मगर, सन्तोष थापा, गम्भीरबहादुर खड्का, इन्द्र श्रेष्ठ, रामेश्वर घिमिरे र बलराम थापा मगर रहेका छन्।अदालतले सूचना प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक १५ दिनभित्र उपस्थित हुन र उपस्थित नभए कानुनबमोजिम मुद्दाको प्रक्रिया अघि बढाइने जनाएको छ।

    images
    images

    दोस्रो पटक १३ जनालाई पनि सार्वजनिक सूचना

    काठमाडौं जिल्ला अदालतले म्याद तामेल हुन नसकेपछि थप १३ जना प्रतिवादीका नाममा दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको छ। उनीहरूमा प्रदीप भिट्ट, सुरज हुमागाई, रुपनारायण खड्का, नरबहादुर सुनार, पहल पुन, सौरभकुमार पोद्दार, नवीन पुडासैनी, सीमा चौधरी, कविन्द्र श्रेष्ठ, सोलिम मियाँ, भूपेन्द्रबहादुर बस्नेत, कृष्णप्रसाद रिजाल र सूर्यबहादुर विक रहेका छन्।

    ललितपुर जिल्ला अदालतबाट १० जनालाई दोस्रो म्याद

    यसैगरी, ललितपुर जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा १० जना प्रतिवादीका नाममा दोस्रो पटक १५ दिने सार्वजनिक म्याद जारी गरेको छ। उनीहरूमा राजेश बगाल, सङ्ग्राम तामाङ, भीमकुमार सुनुवार, राजन तिमल्सिना, दीपेन बस्नेत, प्रज्वल थापा, सफलता खत्री, मान्जु (ज्याक) श्रेष्ठ, पवन घिमिरे र विशालराज पोखरेल रहेका छन्।दुवै अदालतले सार्वजनिक सूचनामार्फत सूचना प्रकाशित भएको मितिबाट बाटोको म्यादबाहेक १५ दिनभित्र सम्बन्धित अदालतमा उपस्थित भई बयान दिन तथा आफ्नो पक्षमा रहेका प्रमाण पेस गर्न निर्देशन दिएका छन्। तोकिएको अवधिमा उपस्थित नभए बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ तथा प्रचलित कानुनबमोजिम एकतर्फी रूपमा मुद्दाको सुनुवाइ र आवश्यक कारबाही अगाडि बढाइने अदालतले जनाएको छ।

    nullnull

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend