काठमाडौँ । एनएमबि बैंक लिमिटेडले दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै पुराना (सेकेन्ड-ह्यान्ड) इलेक्ट्रिक सवारी साधन (इभी) खरिदका लागि नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि यस्तो कर्जा सुविधा ल्याएको हो। नेपालमा हरित यातायातलाई प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको पहुँचलाई अझ सरल बनाउने उद्देश्यले यो योजना सुरु गरिएको बैंकले जनाएको छ।
यसअन्तर्गत ग्राहकले पुराना चारपाङ्ग्रे विद्युतीय सवारी साधन खरिद गर्न आकर्षक ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन्। दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको एनएमबि बैंकको यस पहलले वातावरण संरक्षणमा टेवा पुग्नुका साथै सर्वसाधारणका लागि विद्युतीय सवारी साधनको खरिद किफायती हुने विश्वास गरिएको छ।ग्राहकको सुविधा र समयलाई ध्यानमा राख्दै बैंकले यस कर्जा प्रक्रियालाई सरल र छिटो छरितो बनाउने बताएको छ। इच्छुक ग्राहकले देशभर रहेका एनएमबि बैंकका १९८ शाखाहरूमध्ये कुनै पनि शाखामा गएर वा बैंकको डिजिटल च्यानलहरू मार्फत सहजै आवेदन दिन सक्नेछन्। यो सुविधा व्यक्तिगत प्रयोगका लागि मात्र नभई व्यावसायिक कार्यका लागि सवारी साधन चाहिने व्यवसायीहरूका लागि समेत उपलब्ध हुनेछ।
लामो समयदेखि हरित नवप्रवर्तनमा नेतृत्वदायी भूमिका खेल्दै आएको एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।




.gif)





