काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब १ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको थियो। यससँगै बैंकको खुद नाफा वार्षिक आधारमा ४०.६० प्रतिशतले वृद्धि भएको छ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेर यो रकम ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि वृद्धि भएको छ र समीक्षा अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको व्यवसाय विस्तार पनि सकारात्मक देखिएको छ। निक्षेप संकलन २ खर्ब ८० अर्ब रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब २८ अर्ब रुपैयाँबाट २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको रिटेन्ड अर्निङ १ अर्ब ८७ करोड रुपैयाँ तथा रिजर्भ कोष १३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।यद्यपि, सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि बैंकले २ अर्ब ३४ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्टाएको छ, जुन अघिल्लो वर्षको १ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी हो। साथै, खराब कर्जा (NPL) अनुपात पनि ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ, जसले सम्पत्ति गुणस्तरमा केही दबाब देखाएको छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ। यद्यपि, लाभांश क्षमता भने १०.३५ प्रतिशतबाट घटेर ९.०८ प्रतिशतमा सीमित भएको छ।नाफा वृद्धिको सकारात्मक प्रभाव प्रतिशेयर आम्दानी (EPS) मा पनि देखिएको छ। बैंकको ईपीएस १४.८० रुपैयाँबाट बढेर २०.१८ रुपैयाँ पुगेको छ। त्यसैगरी, प्रतिशेयर नेटवर्थ १८१.१५ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २,०६०.५७ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (P/E Ratio) ११.८७ गुणा तथा तरलता अनुपात २८.९९ प्रतिशत कायम रहेको छ।




.gif)





