images

२०८३ आश्विन २ गते

images
images
images

कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं, २८ साउन । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाताअन्तर्गत उपलब्ध बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

    images
    images

    कुमारी बैंकको गढवा शाखामार्फत खातावाला श्रीमती खुमा पौडेलका श्रीमान्को दुर्घटनाजन्य निधनपछि आवश्यक प्रक्रिया पूरा गरी उक्त बीमा रकम प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार रकमले दुःखद् परिस्थितिमा रहेको परिवारलाई आर्थिक राहत तथा सहारा पुग्ने विश्वास गरिएको छ।

    बैंकले ग्राहकको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। परिवार सुरक्षा बचत खातामा रहेको बीमा सुविधाले आकस्मिक घटनाबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्‍याउनुका साथै भविष्यको वित्तीय सुरक्षामा समेत योगदान गर्ने बैंकको भनाइ छ।

    images
    images

    ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई बैंकिङ तथा बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता योजनालाई निरन्तरता दिइएको बैंकले जनाएको छ। यसबाट वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कुमारी बैंकले देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले निक्षेप, बीमा तथा अन्य वित्तीय सेवामार्फत ग्राहकको आर्थिक सुरक्षा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend