images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • भोटेकोशी बाढीपीडितका लागि सिद्धार्थ बैंकले २...

भोटेकोशी बाढीपीडितका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गर्ने

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं, १४ भदौ । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सिद्धार्थ बैंक लिमिटेडले राहत तथा पुनःस्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

    images
    images

    बैंकले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने जनाएको छ।

    विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिन तथा राहत र पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने उद्देश्यले सहयोग रकम प्रदान गर्न लागिएको बैंकले जनाएको हो।

    images
    images

    सिद्धार्थ बैंकले आफ्नो सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै विपद्बाट प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु संस्थाको सामाजिक दायित्व भएको उल्लेख गरेको छ।

    भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र विभिन्न क्षेत्रमा गएको पहिरोका कारण ज्यान गुमाउने सम्पूर्णप्रति बैंक परिवारले श्रद्धाञ्जली अर्पण गरेको छ। बैंकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    त्यस्तै, प्रभावित समुदायको पुनःस्थापना तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकार तथा सम्बन्धित निकायबाट भइरहेका राहत, उद्धार र पुनर्स्थापनाका प्रयास सफल हुने विश्वास बैंकले व्यक्त गरेको छ।

    सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ। प्राकृतिक विपद् तथा अन्य मानवीय संकटका समयमा राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्दै आएको बैंकले आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    बैंकका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने यस्ता सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    भोटेकोशी बाढीपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, सामाजिक संघसंस्था र विभिन्न व्यक्तिबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend