images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ...

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ। हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल चयन भएका छन् । बैंकको आइतबार  बसेको सञ्चालक समितिको ५०६औँ बैठकले डा. अर्याललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।डा. अर्यालले संस्थापक समूह तर्फका शेयरधनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै हिमालयन बैंकको सञ्चालक समितिमा प्रवेश गरेका हुन्। नेपाल सरकारको उच्च प्रशासनिक पद मुख्यसचिवबाट अवकाश प्राप्त गरेपछि उनले यो नयाँ जिम्मेवारी सम्हालेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images
    images

    नवनियुक्त अध्यक्ष डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बालुवाटारस्थित गभर्नरको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उहाँले शपथ लिनुभएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।डा. अर्यालको नियुक्ति भदौ १४ गतेदेखि नै लागू हुने गरी गरिएको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend