images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रे बैंकले बाढीपीडितका लागि दियो २...

माछापुच्छ्रे बैंकले बाढीपीडितका लागि दियो २ करोड १ लाख

माछापुच्छ्रे बैंकले बाढीपीडितका लागि दियो २ करोड १ लाख

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । माछापुच्छ्रे बैंकले रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको जनाएको छ ।

    images
    images

    विपत्ति लगत्तै बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउनेलगायत दैनिक उपभोग्य राहत सामग्रीसमेत उपलब्ध गराइसकेको जनाएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन र पुनःस्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend