images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति...

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने, नाम ‘स्वरोजगार लघुवित्त’ नै कायम हुने

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने, नाम ‘स्वरोजगार लघुवित्त’ नै कायम हुने

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति ९एक्विजिसन० गर्ने भएको छ। प्राप्तिपछि एकीकृत संस्थाको नाम ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहने भएको छ।

    images
    images

    दुवै वित्तीय संस्थाबीच भएको प्राप्तिसम्बन्धी प्रक्रिया सम्पन्न भएपछि विन नेपाल लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण सम्पत्ति, दायित्व, अधिकार तथा जिम्मेवारी स्वरोजगार लघुवित्तमा कायम हुने व्यवस्था रहेको छ।

    प्राप्ति प्रक्रिया पूरा भएपछि विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छुट्टै कानुनी अस्तित्व समाप्त भई स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ।

    images
    images

    लघुवित्त संस्थाहरूबीचको प्राप्ति तथा एकीकरणले संस्थाको पूँजी, व्यवसायको आकार, सेवा सञ्जाल तथा सञ्चालन क्षमतामा विस्तार हुने अपेक्षा गरिएको छ। वित्तीय पहुँच विस्तार गर्दै ग्रामीण तथा न्यून आय भएका वर्गमा लघुवित्त सेवा पुर्‍याउन पनि यस प्रक्रियाले सहयोग पुग्ने विश्वास गरिएको छ।

    प्राप्ति प्रक्रियासम्बन्धी आवश्यक नियामकीय तथा कानुनी प्रक्रिया पूरा गरी एकीकृत कारोबार सञ्चालन गरिने संस्थाले जनाएको छ। प्राप्तिसम्बन्धी थप विवरण, एकीकृत कारोबारको मिति तथा ग्राहकलाई पर्ने प्रभावबारे सम्बन्धित निकायबाट आवश्यक सूचना तथा जानकारी सार्वजनिक गरिनेछ।

    स्वरोजगार लघुवित्तले यस प्राप्तिमार्फत आफ्नो व्यवसायिक क्षमता विस्तार गर्नुका साथै वित्तीय पहुँचबाट बाहिर रहेका वर्गसम्म सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

    नेपालको लघुवित्त क्षेत्रमा पछिल्लो समय संस्थाहरूबीच मर्जर तथा प्राप्तिको क्रम बढ्दै गएको छ। संस्थाहरूको पूँजीगत क्षमता अभिवृद्धि, सञ्चालन खर्च व्यवस्थापन, जोखिम न्यूनीकरण तथा वित्तीय संस्थाको सबलीकरणका लागि नियामक निकायले समेत एकीकरण प्रक्रियालाई प्रोत्साहन गर्दै आएको छ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend