images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • कागजात हराएका बाढीपीडितलाई हस्ताक्षर र KYC...

कागजात हराएका बाढीपीडितलाई हस्ताक्षर र KYC बाट पहिचान गरी सेवा दिन निर्देशन

कागजात हराएका बाढीपीडितलाई हस्ताक्षर र KYC बाट पहिचान गरी सेवा दिन निर्देशन

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ  । नेपाल राष्ट्र बैंकले हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्‌बाट प्रभावित भई बैंकिङ कागजात गुमाएका ग्राहकहरूलाई सहज रूपमा वित्तीय सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले २०८३ भदौ १६ गते एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो।विपद्‌का कारण ग्राहकका चेक, एटिएम कार्ड, मोबाइल फोन तथा अन्य आवश्यक कागजातहरू हराएको वा नष्ट भएको अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैंकले यो कदम चालेको हो।

    images
    images

    सूचना अनुसार, संस्थाहरूमा पहिले नै उपलब्ध रहेको हस्ताक्षरको नमुना (Signature Sample), फोटो तथा ग्राहकका अन्य व्यक्तिगत विवरणहरू (KYC Details) का आधारमा पहिचान यकिन गरी यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न तथा आवश्यक सहजीकरण गर्न निर्देशन दिइएको छ।बाढीपहिरोजस्ता प्राकृतिक विपद्‌को समयमा सर्वसाधारणलाई नगद तथा बैंकिङ सेवाको अभाव हुन नदिन केन्द्रीय बैंकले यो विशेष व्यवस्था लागू गरेको हो।

    Screenshot 2026-09-02 104518

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend