images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय सहकारी बैंकद्वारा बाढीपहिरो प्रभावित सहकारीलाई...

राष्ट्रिय सहकारी बैंकद्वारा बाढीपहिरो प्रभावित सहकारीलाई २० लाख सहयोग

राष्ट्रिय सहकारी बैंकद्वारा बाढीपहिरो प्रभावित सहकारीलाई २० लाख सहयोग

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघ–संस्थाको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

    images
    images

    रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित सहकारी संस्थालाई सहयोग गर्ने निर्णय गरेको हो।

    बैंकका अनुसार विपद्का कारण सहकारी संघ–संस्थाका महत्वपूर्ण अभिलेख, प्रविधिगत सामग्री तथा भौतिक पूर्वाधारमा क्षति पुगेपछि सेवा प्रवाह प्रभावित भएको छ। यस्तो अवस्थामा सहकारी संस्थाको सेवा पुनः सञ्चालन र संस्थागत पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम विनियोजन गरिएको हो।

    images
    images

    विनियोजन गरिएको २० लाख रुपैयाँ सम्बन्धित जिल्ला सहकारी संघहरूसँगको समन्वयमा तथा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको मापदण्ड बमोजिम प्रभावित संस्थालाई वितरण गरिने बैंकले जनाएको छ।

    यसैबीच, बाढीपहिरोका कारण बैंकको नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। केही कर्मचारीका आफन्त समेत अझै सम्पर्कविहीन रहेको बैंकले जनाएको छ।

    प्रभावित कर्मचारीलाई सहयोग गर्न बैंकका कर्मचारीहरूले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५ सय ३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन्। संकलित रकमबाट प्रभावित तीन जना कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराइएको बैंकले जनाएको छ।

    त्यस्तै, बैंकको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्यहरूले समेत एक दिन बराबरको बैठक भत्ता विपद् राहतका लागि योगदान गर्ने भएका छन्।

    बैंकको सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरिने भएको छ।

    बाढीपहिरोबाट प्रभावित सहकारी संस्था तथा कर्मचारीलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले संस्थागत तथा कर्मचारीस्तरबाट समेत सहयोग परिचालन गरेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend