images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले बैंकको मुद्दति निक्षेपमा २४...

राष्ट्र बैंकले बैंकको मुद्दति निक्षेपमा २४ अर्ब १० करोड लगानी गर्ने

राष्ट्र बैंकले बैंकको मुद्दति निक्षेपमा २४ अर्ब १० करोड लगानी गर्ने

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २४ अर्ब १० लाख रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २४ अर्ब १० करोड ७४ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि भदौ २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

    images
    images

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा १९ अर्ब २८ करोड ५९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २० करोड ५४ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।यो लगानी सन् २०२६ सेप्टेम्बर १४ देखि २०२७ सेप्टेम्बर १४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend