images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सम्पदा लघुवित्तद्वारा बाढीपीडितका लागि साढे ५...

सम्पदा लघुवित्तद्वारा बाढीपीडितका लागि साढे ५ लाख रुपैयाँ सहयोग

सम्पदा लघुवित्तद्वारा बाढीपीडितका लागि साढे ५ लाख रुपैयाँ सहयोग

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

    images
    images

    भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति संस्थाले दुःख व्यक्त गरेको छ ।

    संस्थाले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।

    images
    images

    बाढी तथा पहिरोबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै संस्थाले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ ।

    सम्पदा लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कोषमा रकम जम्मा गरेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend