काठमाडौँ । नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३८ लाख रुपैयाँ सहयोग गरेका छन् । राष्ट्र बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ- ‘भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ नेपाल राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार समेत ) का तर्फबाट रु १,३८,९९,४२५ (अक्षेरुपी एक करोड, अठतीस लाख, उनान्सय हजार, चार सय पच्चीस) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।’




.gif)



