images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकले बोलायो २०औँ साधारणसभा,...

ग्लोबल आइएमई बैंकले बोलायो २०औँ साधारणसभा, १० प्रतिशत लाभांश पारित हुँदै

ग्लोबल आइएमई बैंकले बोलायो २०औँ साधारणसभा, १० प्रतिशत लाभांश पारित हुँदै

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले असोज १६ गतेका लागि २० औँ साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभाले बैंकले घोषणा गरेको आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्ने छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सभा बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने छ ।  सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने तथा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ । त्यस्तै बैंकका सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाबाट स्वीकृत गरिनेछ ।

    images
    images

    बैंकले आ.व. २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ । यसैगरी विशेष प्रस्तावअन्तर्गत २०८३ असार मसान्तसम्म कायम सञ्चित मुनाफाबाट बैंकको चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । बोनस सेयर वितरणपछि सोही अनुपातमा बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्तिसम्बन्धी जानकारी समेत सभामा प्रस्तुत गरिनेछ । नियमनकारी निकायबाट बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कुनै थपघट वा संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

    बैंकले साधारणसभा प्रयोजनका लागि असोज ५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ । त्यसैले असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू साधारणसभामा सहभागी हुन, मतदान गर्न तथा आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित नगद लाभांश र बोनस सेयर प्राप्त गर्न योग्य हुनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend