images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीमा थुप्रिएको पैसा खिच्दै राष्ट्र...

बैंकिङ प्रणालीमा थुप्रिएको पैसा खिच्दै राष्ट्र बैंक, आज ५५ अर्बको निक्षेप संकलन

बैंकिङ प्रणालीमा थुप्रिएको पैसा खिच्दै राष्ट्र बैंक, आज ५५ अर्बको निक्षेप संकलन

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ ।  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले पैसा खिचिरहेको हो । केन्द्रीय बैंकले आज भदौ २४ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ तान्ने भएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।

    images
    images

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो ५६ दिने निक्षेप संकलन उपकरणको आउँदो कात्तिक १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend