काठमाडौं, २६ भदौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढी प्रभावितका लागि रु. २५ लाख २५ हजार ५२५ सहयोग गरेका छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष समेत रहेका पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोगस्वरूप पौडेलले रकम प्रदान गरेका हुन् ।
उनले भदौ २५ गते बिहीबार सिंहदरबारमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।
बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले अघि बढाएका प्रयासमा हातेमालो गर्ने उद्देश्यले आफूले व्यक्तिगत रूपमा सहयोग गरेको पौडेलले बताए ।
उनले भोटेकोशी बाढीबाट भएको क्षतिपछिको पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई खुलेर सहयोग गर्न आह्वानसमेत गरेका छन् ।




.gif)





