images

२०८३ आश्विन २ गते

images
images
images

सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई दिइएको छ।

    images
    images

    सिबिफिनका निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएपछि परिसंघको अध्यक्ष पद रिक्त भएको थियो।

    भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्वलाई निरन्तरता दिन उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो।

    images
    images

    उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत हुन्। उनी नेपालको बैंकिङ, बीमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन्।

    वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका उपाध्यायलाई अनुभवी व्यवसायी तथा रणनीतिकारका रूपमा चिनिन्छ। साथै, उनी संस्थागत विकास र वित्तीय क्षेत्रको सुदृढीकरणमा सक्रिय रहँदै आएका छन्।

    आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म उपाध्यायले सिबिफिनको नेतृत्व सम्हाल्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend