काठमाडौँ, २९ भदौ । कालिका लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दिवस ढकाल नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको बैठकले ढकाललाई असोज १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्याङ्जाका स्थायी बासिन्दा ढकालले विभिन्न लघुवित्त वित्तीय संस्थामा काम गरेको अनुभव हासिल गरेका छन् । लघुवित्त क्षेत्रमा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका ढकालले यस क्षेत्रमा राम्रो छवि बनाएका छन् ।
युवा लघुवित्तकर्मीका रूपमा परिचित ढकालसँग लघुवित्त संस्थाको व्यवस्थापन तथा सञ्चालनसम्बन्धी अनुभव रहेको जनाइएको छ ।




.gif)





